नियम ६
जग्गा उपलब्ध गराउने
(१) नेपाल सरकारले नियम ५ बमोजिम समितिले सिफारिस गरेको जग्गा मध्येबाट “क” र “ख” वर्गका मुक्त कमैयाको परिवारलाई बसोबास तथा खेतीको लागि बढीमा पाँच कठ्ठा जग्गा उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिम जग्गा उपलब्ध गराउँदा सम्भव भएसम्म मुक्त कमैयाले उपभोग गरी आएको जग्गा उपलब्ध गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मुक्त कमैयालाई जग्गा उपलब्ध गराउन नसकिने भएमा नेपाल सरकारले जग्गा खरिद गरी उपलब्ध गराउन सक्नेछ ।
(४) उपनियम (१) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जग्गा खरिद गर्नको लागि यस नियमावली बमोजिम ऋण लिएका मुक्त कमैयालाई जग्गा उपलब्ध गराइने छैन ।